काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ३ सय ९७ जना संक्रमित थपिएका छन् भने काठमाडौँ जिल्लामा सबै भन्दा बढी २७४ जना संक्रमित थपिएका छन् । त्यस्तै भक्तपुरमा ५३ र ललितपुरमा ७० संक्रमित थपिएका छन् ।
योसँगै काठमाडौंमा उपत्यकामा सक्रिय संक्रमितको संख्या ६ हजार ४४४ पुगेको छ । जसमा काठमाडौँ जिल्लामा ३ हजार ५५२ , भक्तपुर जिल्लामा १ हजार ६८ र ललितपुर जिल्लामा १ हजार ८२४ सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ३५१ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९५.३ रहेको मन्त्रालयले जनाएको छ । देशभर अहिले २३६ जना क्वारेन्टाइनमा छन् भने पछिल्लो २४ घण्टामा ८ हजार ६६५ पिसिआर र ३ हजार ७२० नमुना एन्टीजेन परिक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या २५ हजार ४९७ पुगेका छन् । पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १२ पुगेको छ ।
प्रकाशित मितिः २०७८ असोज १ शुक्रबार
Comments