काठमाडौं । जाजरकोटको गेडेनीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
नलगाड नगरपालिका-५ खाराबाट कालिमाटीतर्फ आउँदै गरेको भे १ ज ९८७ नम्बर को जीप दुर्घटना हुँदा बारेकोट-२ की २९ वर्षीया शान्ति रोकाय र नाम नखुलेका एक पुरुषको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले जानकारी दिए ।
दुवै जनाको घट्नास्थलमै मृत्यु भएको हो ।
प्रकाशित मितिः २०७८ भदौ २९ मंगलबार
Comments