काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ जना कोरोना संक्रमितको निधन भएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार ३८ जना रहेको छ ।
पछिल्लो २४ घन्टामा नयाँ संक्रमित २ सय ९८ जना थपिएका छन् । आज ७४ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ७८ हजार ७ सय ६८ संक्रमित भएपनि २ लाख ७३ हजार ५ सय २९ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने २ हजार २ सय १ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा थप ४ हजार १ सय जनाको पिसिआर परीक्षण गरेसंगै आजसम्म २२ लाख ९८ हजार १ सय ६७ जनाको पिसीआर परिक्षण भएको छ भने क्वारेन्टिनमा बस्नेको संख्या ६५ रहेको छ ।
प्रकाशित मितिः २०७७ चैत्र २५ बुधबार
Comments