काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २ सय ९८ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७८ हजार ७ सय ६८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये २ हजार २ सय १ जना सक्रिय संक्रमित छन्।
गत २४ घण्टामा ४ हजार १ सय जनाको पिसिआर परीक्षण गर्दा २ सय ९८ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २२ लाख ९८ हजार १ सय ६७ पुगेको छ । गत २४ घण्टामा थप २ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म कारोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३८ पुगेको छ । हाल ६५ जना क्वारेन्टाइनमा छन्।
गत २४ घण्टामा ७४ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७३ हजार ५ सय २९ जना पुगेको मन्त्रालयले जनाएको छ। हालसम्म ९८ दशमलब २ प्रतिशत कोरोना संक्रमित निको भएका छन्।
प्रकाशित मितिः २०७७ चैत्र २५ बुधबार
Comments