नुवाकोट । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालयलाई कोरोना संक्रमणको केन्द्र बन्न नदिने बताएका छन् ।
आज नुवाकोटमा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा आयोजित माध्यमिक तहको अन्तरपालिकास्तरीय नेपालय अनलाइन भर्चुअल वकृत्वकलालाई सम्बोधन गर्दै मन्त्री पोखरेलले विद्यालयलाई कोरोना संक्रमणको केन्द्र बन्न नदिन वैकल्पिक शिक्षण पद्धतिलाई अघि बढाउने बताएका हुन् ।
हाल संक्रमण कम भएका जिल्लाका विद्यालयका कक्षा सञ्चालन गराउन सकिन्छ तर संक्रमण विद्यालयस्तरमा फैलियो भने त्यसलाई नियन्त्रण गर्न सकिँदैन । हाम्रा स्वास्थ्य स्रोत साधन कम छ । त्यसैले वैकल्पिक रुपमा दूर शिक्षाको माध्यमबाट न्यूनतम सिकाइलाई अघि बढाउन आवश्यक छ”, मन्त्री पोखरेलले भन, “विद्यालयमा नै विद्यार्थीलाई सहभागी गराएर पठनपाठन गराउन सक्ने अवस्था छैन । आधुनिक प्रविधि र पद्धतिबाट शैक्षिक क्रियाकलाप अघि बढाउनुको विकल्प छैन ।”
प्रकाशित मितिः २०७७ भदौ २३ मंगलबार
Comments