काठमाडौं । भारतको गुजरातमा फुटपाथमा सुतेका मजदुरलाई ट्रकले किच्दा कम्तीमा १३ जनाको मृत्यु भएको छ । गुजरातको कोसाम्बामा ट्रकले किचेर १३ जनाको घटनास्थलमै मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
गम्भीर घाइते भएका ६ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको आजतकले जनाएको छ । उखु बोकेको ट्याक्ट्ररसँग ठोक्किएपछि ट्रकका चालकले नियन्त्रण गुमाएर दुर्घटना भएको जनाइएको छ ।
प्रकाशित मितिः २०७७ माघ ६ मंगलबार
Comments