काठमाडौं । अमेरिकाको राजधानी शहर वासिङ्टन डीसीमा कोराना भाइरसको संक्रमण तीव्र गतिमा बढिरहेको सरकारी तथ्यांकले देखाएको छ।
स्वास्थ्य विभागको यो तथ्यांकले वासिङ्टन डीसीका मेयर मुरिएल बोउजरको लकडाउन खुकुलो बनाउने योजनालाई झड्का दिएको छ।
११ दिनयता वासिङ्टनमा कोरोना भाइरसको प्रसार कम भएको देखिएको थियो। १४ दिन लगातार संक्रमण कम हुनुलाई मात्र लकडाउन खुकुलो बनाउने मापदण्डका रूपमा लिने गरिएको छ।
तर, गत शनिबारदेखि पुनः संक्रमित बढेका छन्। स्वास्थ्य विभागले संक्रमितको संख्यामा भएको बढोत्तरी धेरै ठूलो नरहेको बताएको छ।
मेयर बोउजरले २९ मेदेखि लकडाउन खुकुलो बनाउने घोषणा गरेका थिए। संक्रमितको वृद्धिले लकडाउन खुकुलो बनाउने योजनालाई प्रभावित पार्छ कि पार्दैन भन्ने स्पष्ट छैन।
सीएनएनका अनुसार लकडाउन खोल्न अर्को आधार पनि छ( २० प्रतिशत सकारात्मकता दर र अस्पतालको क्षमता कम्तिमा ८० प्रतिशत। हिजोसम्म सकारात्मकता दर १९ प्रतिशत छ भने अस्पतालको क्षमता ७४ प्रतिशत छ। एजेन्सी
प्रकाशित मितिः २०७७ जेठ १२ सोमबार
Comments