काठमाडौं । कोरोना भाइरसको जोखिमबाट जोगिनका लागि भारतमा आज जनता कर्फ्यू लागू भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको घोषणा अनुसार आज जनता कर्फ्यू लागू भएको हो ।
मोदीले ‘जनता कर्फ्यू’ का दिन आज बिहान ७ बजेदेखि राति ९ बजेसम्म घरबाट बाहिर ननिस्कन अपिल गरेका छन् । कर्फ्युका कारण सडक सुनसान छन् । जनता पनि घरबाट बाहिर निस्किएका छैनन् ।
भारतमा कोरोनाका कारण ५ जनाको मृत्यु भएको छ भने ३ सय भन्दा बढी संक्रमित भएका छन् । भारत सरकारले कोरोना भाइरसविरुद्ध सचेतना जगाउन भारतीय नागरिकलाई घरबाहिर ननिस्की सरकारको निर्देशनको पालना गर्न आग्रह गरेको छ ।एजेन्सी
प्रकाशित मितिः २०७६ चैत्र ०९ आइतबार
Comments