काठमाडौं । चीनको सिचुआन प्रान्तमा रहेको पेन्गानमा एक वृद्धाले आफ्नो सात वर्षीय नातिलाई पाँच तल्लामाथिबाट डोरीले झुण्ड्याएर जोखिममा पारेकी छन् । बिरालोको उद्धार गर्न उनले त्यसो गरेकी हुन् । ती महिलाको बिरालो एक तल्लामुनि बाल्कोनीमा फसेपछि उनले नातिलाई डोरीबाट तल्तिर झारेर बिरालो समात्न लगाएकी थिइन् ।
उसले झोलामा बिरालो राखेको अनि उसकी हजुरआमाले बाल्कोनीबाट डोरी झुण्ड्याएको देखिन्छ । बालकका काकाले डोरी तान्न मद्दत गरेका थिए । त्यसको केही क्षणपछि ताङ थर भएकी हजुरआमाले डोरी मास्तिर तानेर हाओ हाओ र बिरालोलाई आफ्नो फ्ल्याटमा ल्याएका थिए ।
बालकको सुरक्षामाथि चिन्ता व्यक्त गर्दै मानिसहरू चिच्याउँछन् र हजुरआमालाई यस्तो खतरनाक काम नगर्न भन्छन् तर उनी बेवास्ता गर्छिन् । भिडियो सार्वजनिक भएपछि हजुरआमाको चौतर्फी आलोचना भयो । हजुरआमाले यसका लागि पश्चात्ताप गरेकी छन् ।एजेन्सी
प्रकाशित मितिः२०७६ पौष २९ मंगलबार
Comments