अष्ट्रेलियाको डढेलोमा मृतकको संख्या २८ पुगेयो

0

काठमाडौँ । दक्षिण-पूर्वी अष्ट्रेलियाको आकाशको रंग रगत झैं रातो देखिन्छ । यहाँको नयाँ वर्ष पनि यसै रंग र चिन्तासहित सुरु भएको थियो ।

यहाँका झाडीयुक्त जंगलमा गत सेप्टेम्बरदेखि आगलागी भइरहेको छ । कम्तीमा २८ जनाको ज्यान गइसकेको छ । जति डेनमार्कको भूभाग छ, अष्ट्रेलियाको त्यति नै भू-भागमा आगलागी भएको छ । कम्तीमा दुई हजार घर ध्वस्त भइसकेका छन् । स्थिती थप चिन्ताजनक हुने अनुमान छ ।

तापक्रमले सबै रेकर्ड तोडिसकेको छ, सुख्खा जंगल र तीब्र हावाका कारण आगो थप भयावह भएको छ । यसै महिना सिड्नीको तापक्रम ४९ डिग्रीसम्म पुगेको थियो । सन् २०१७ देखि न्यू साउथ वेल्स र क्विन्सल्याण्डमा लगातार कम वर्षा भइरहेको छ । वर्षा नभएका कारण कृषि उत्पादनमा त असर पुगेकै छ, यसले आगो फैलिन पनि मद्दत गरेको छ ।

न्यू साउथ वेल्समा करिब एक करोड एकडको इलाका जलेर खरानी भएका छन् । गर्मी मौसममा अष्ट्रेलिया सामान्य रुपमा तातो र सुख्खा रहन्छ तर जलवायु परिवर्तनका कारण सुख्खा र गर्मीको दायरा बढ्दै गयो । यस्तोमा झाडी पनि सुक्दै गयो ।

अष्ट्रेलियाको हरेक राज्य आगोबाट प्रभावित भएको छ तर न्यू साउथ वेल्स सबैभन्दा धेरै प्रभावित भएको छ । अष्ट्रेलियाका ठूला शहर मेलबर्न र सिड्नी पनि आगीबाट बच्न सकेका छैनन् । डिसेम्बरको सुरुवातसँगै सिड्नीको हवाको गुणस्तर खतरनाक स्तरमा पुगेको थियो ।

अष्ट्रेलियामा गर्मीयाम डिसेम्बरदेखि फेब्रुअरीसम्म रहन्छ । टाइम पत्रिकाका अनुसार न्यू साउथ वेल्सका करिब ३० प्रतिशत जंगल जलिसकेको छ । यो हप्ता यसको दायरा ५० प्रतिशतसम्म फैलिने आशंका गरिएको छ । अष्ट्रेलियाको मौसम विभागका अनुसार सन् २०१९ मा सबैभन्दा गर्मी मापन गरिएको छ ।

आँकडाका अनुसार अष्ट्रेलियाको तापक्रम सन् १९१० पछि एक डिग्री सेल्सियस बढेको छ । ब्यूरो अफ मेटिअरोलोजीका अनुसार सन् १९५० पछि तापक्रममा थप वृद्धि हुन सुरु भएको छ । अष्ट्रेलियाले डिसेम्बरमा मात्रै दुई पटक तापक्रमको रेकर्ड तोडेको थियो । १७ डिसेम्बरको औसम अधिकतम तापक्रम ४०.९ डिग्री सेल्सियस मापन गरिएको थियो । त्यसको भोलिपल्ट १८ डिसेम्बरको तापक्रम ४१.९ डिग्री सेल्सियस थियो । यी दुबै दिनमा सन् २०१३ को ४०.३ डिग्री सेल्सियस तापक्रमको रेकर्ड तोडिएको थियो ।

डिसेम्बरको अन्त्यमा हरेक राज्यमा ४० डिग्रीभन्दा माथि नै तापक्रम मापन गरिएको थियो । यसमा तस्मानिया राज्य पनि समावेश थियो जुन साधारणतया अन्य इलाकाको तुलनामा चिसो मानिन्छ ।

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले डढेलो नियन्त्रणका लागि अपनाइएको तरिकाप्रति खेद व्यक्त गरेका छन् ।

स्कट मरिसनले आगो र जलवायु परिवर्तनको विषयमा उनको सरकारको धारणाका लागि आलोचनाको सामना गरिरहेका छन् ।

आइतबार प्रधानमन्त्रीले स्विकार गर्दै भने, ‘मैले थुप्रै कुरालाई योभन्दा राम्रो तरिकाले सम्हाल्न सक्थेँ ।’

पछिल्ला केही हप्तामा न्यू साउथ वेल्स र भिक्टोरिया राज्यमा आगलागीबाट प्रभावित इलाकाको भ्रमणको क्रममा स्कट मरिसनले विरोधको सामना गर्नुपर्यो । यसका कारण उनले आफ्नो भ्रमण बीचमा नै रद्द गरेका थिए । यी दुई राज्य आगोबाट सबैभन्दा धेरै प्रभावित छन् ।

न्यू साउथ वेल्सको कोबार्गो शहरमा जब प्रधानमन्त्री पुगे तब एक महिलाले फायर सर्भिसका लागि थप स्रोत साधनको माग गर्न थालिन् । कतिले उनलाई ‘मूर्ख’ बताउँदै भने, ‘तिमीले यहाँबाट कुनै पनि भोट पाउनेछैनौं ।’

एबीसीसँगको एक अन्तर्वार्तामा स्कट मरिसनले भने, ‘यो संवेदनशील परिस्थिती हो, यो भावनात्मक परिस्थिती हो । मानिसहरुसँग भेट्ने बेला प्रधानमन्त्रीको पनि

भावना र कमजोरी हुन्छन् ।’

आगलागीमाथि नियन्त्रणको कोसिसका लागि उनले अनुसन्धान गर्ने बताएका छन् ।

अष्ट्रेलियामा आगलागीका कारण संकटकालको स्थिती हुँदा प्रधानमन्त्री मरिसन भने हवाईमा परिवारसहित छुट्टी मनाउन गएको भन्दै गत महिना व्यापक आलोचनाको शिकार भए । मानिसहरुको रिस बढ्दै गएको देखेपछि उनले आफ्नो भ्रमण बीचैमा स्थगित गरेका थिए ।

जलवायु परिवर्तनमाथि प्रधानमन्त्रीको धारणाः

स्कट मरिसन सरकारमाथि जलवायु परिवर्तनको विषयमा गम्भीरतापूर्वक कदम नउठाएको आरोप लागेको थियो । विशेषज्ञका अनुसार जलवायु परिवर्तनमाथि सरकारको दृष्टिकोणका कारण नै पटकपटक र भयानक आगलागी भइरहेको छ ।

तर अन्तर्वार्ताको क्रममा प्रधानमन्त्रीले आफ्नो सरकारको धारणाको बचाउ गरेका छन् र आगलागी हुनुमा जलवायु परिवर्तनको पनि प्रभाव भएको स्विकार गरेका छन् ।

प्रधानमन्त्रीले भने, ‘हामी लामो, तातो र सुख्खा गर्मीमा बसिरहेका छौं । यसमा स्पष्ट रुपमा जलवायुमा आएको व्यापक परिवर्तनको प्रभाव रहेको छ ।’

उनले कार्बन उत्सर्जनलाई कम गर्ने योजनामा जोड दिँदै आफ्नो सरकार लक्ष्यलाई पूरा गर्ने दिशामा अग्रसर भएको बताए ।

पेरिस जलवायु सम्झौता अनुरुप अष्ट्रेलियाले सन् २००५ को तुलनामा सन् २०३० सम्म कार्बनको उत्सर्जन २६ देखि २८ प्रतिशतसम्म कम गर्ने बचन दिएको थियो ।

यद्यपि, उनले जलवायु परिवर्तनसँग जुघ्नका लागि ‘अन्तर्राष्ट्रिय समाधान’ को आवश्यकता भएको बताए ।

शुक्रबार अष्ट्रेलियामा हज्जारौं मानिसहरुले जलवायु परिवर्तनको विषयमा विरोध प्रदर्शन गरे ।

सिड्नी, मेलबर्न र क्यानबेराजस्ता शहरमा प्रदर्शनकारीले प्रधानमन्त्रीलाई चाँडोभन्दा चाँडो जीवाश्म इन्धनको विकल्प अपनाउन दबाब दिए ।

अष्ट्रेलियाको वर्तमान स्थितीः

शनिबार अष्ट्रेलियाको आगलागीमा थोरै कमी भएका कारण अग्नी नियन्त्रकहरुलाई आगो निभाउन थोरै रहत भयो ।

तर अर्को हप्ता मौसम थप गर्मी हुने जसका कारण आगोको खतरा थप बढ्न सक्ने अनुमान गरिएको छ ।

प्रशासनका अनुसार जबसम्म वर्षा हुँदैन तबसम्म आगोलाई पूर्ण रुपमा निभाउन सकिँदैन ।

न्यू साउथ वेल्स (एनएसडब्ल्यू) मा १ सय २३ भन्दा बढी स्थानमा आगलागी भएको छ । एनएसडब्ल्यू रुरल फायर सर्भिसका अनुसार अहिलेसम्म दुई हजार बढी घर जलिसकेका छन् ।

भिक्टोरियामा शनिबारसम्म ३२ स्थानमा आगलागीको चेतावनी थियो । त्यहाँ शनिबार नै आगो निभाउने क्रममा एक अग्नी नियन्त्रकको मृत्यु भएको थियो । त्यसपछि मृतकको संख्या २८ पुगेको छ ।

प्रकाशित मितिः सोमबार २८ पौष

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション