काठमाडौं । उत्तर कोरियाले अमेरिकासँगको वार्ता पुनः स्थापित गर्न चाहेको छ । अमेरिकासँगको परमाणु निशस्त्रिकरण सम्बन्धी वार्ता पुनः स्थापित गर्न आफ्नो देशले चाहेको उत्तर कोरियाकी विदेशमन्त्रीले बताएकी छन् ।
परमाणु निशस्त्रिकरण सम्बन्धी बृहत छलफलको पक्षमा आफूहरु रहेको उत्तर कोरियाका विदेशमन्त्री चोइ सन–हुइले बताएकी छन् । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले वार्ता पुनः स्थापित हुन सक्ने आश व्यक्ति गरेपछि उत्तर कोरियाली विदेशमन्त्रीको वक्तव्य आएको हो ।
दुवै पक्षको सहमतिमा वार्तामा बस्न आफूहरु तयार रहेको उनले उल्लेख गरेकी छन् । तर विदेशमन्त्री चोइको वक्तव्य आएको केही घण्टापछि नै उत्तर कोरियाले छोटो दूरीमा मारहान्न सक्ने दुईवटा प्रोजेक्टाइल प्रक्षेपण गरेको बताइएको छ । उत्तर कोरियाले पछिल्ला महिना मिसाइल तथा प्रोजेक्टाइल प्रक्षेपणलाई तीव्रता दिएको छ ।
सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनबिच पहिलोपटक वार्ता भएको थियो । सो वार्तामा परमाणु निशस्त्रिकरणको प्रक्रिया थाल्ने सहमति भएको थियो । तर गएको फेब्रुअरीमा भएको दोस्रो वार्ता बिना सहमति टुंगिएपछि अमेरिका र उत्तर कोरियाबिच ठोस रुपमा वार्ता हुन सकेको छैन । एजेन्सी
प्रकाशित मितिः २०७६ भदौ २४ मंगलबार
Comments