काठमाडौं । फ्रान्सको क्यालेसको तटमा रहेको इङ्लिस च्यानल (बेलायती समुन्द्र) मा डुङ्गा डुब्दा कम्तिमा ३१ आप्रवासीको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । फ्रान्सबाट आप्रवासी बोकेर बेलायततर्फ जाँदै गरेको एउटा डुंगा फ्रान्सको कलैसस्थित समुद्रमा डुब्दा कम्तिमा ३१ जनाको मृत्यु भएको हो ।
फ्रान्सेली गृहमन्त्री गेराल्ड डार्मानिनले क्यालेसको एक अस्पताल बाहिर बोल्दै मृतकमध्ये पाँच जना महिला र एक सानी बालिका रहेको बताए । उनले थपे, ‘दुई जनाको तत्काल उद्धार गरिएको छ भने एक जना अझै बेपत्ता रहेका छन् ।’
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले दुःखद घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन् । डुङ्गामा सवार ब्यक्तिहरुको पहिचान र डुङ्गा डुब्नुको कारणहरुबारे थप अनुसन्धान भैरहेको बताइएको छ । एजेन्सी
प्रकाशित मितिः २०७८ मंसिर ०९ बिहिबार
Comments