काठमाडौं । जनता समाजवादी पार्टीका नेताहरु नेकपा दाहाल–नेपाल पक्षका नेताहरुलाई भेट्न पेरिसडाँडा पुगेका छन् । दाहाल–नेपाल पक्षका अध्यक्षद्धय पुष्पकमल दाहाल र माधवकुमार नेपाल जसपाका नेताहरुसँग छलफलमा जुटेका हुन् ।
बुधबार बुढानिलकण्ठ नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा छलफलका लागि पुगेको यो पक्षले बिहीबार पेरिसडाँडामा जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र नेता राजेन्द्र श्रेष्ठसँग छलफल गरेका छन् ।
मंगलबार सर्वोच्चले प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा फैसला गरेपछि नेकपा दाहाल–पक्ष सत्ता साफेदारीको कसरतमा जुटेका छन् । प्रचण्ड-नेपालले जसपाका नेताहरुलाई मिलेर अगाडी बढ्न प्रस्ताव गरेको बुझिएको छ ।
सो प्रस्तावमा सकारात्मक भएपनि आफुहरुका संबिधान संशोधन, सांसद रेशम चौधरीको रिहाइ लगायतका माग पुरा भए मिलेर अगाडी जान सकिने जवाफ जसपा नेताहरुले दिएका थिए । उनीहरुले पटक पटक समझदारी भएपनि कार्यावन्यन नभएको भन्दै गुनासो समेत गरेको बताइएको छ ।
सर्वोच्च अदालतले गत मंगलबार प्रतिनिधि सभा पुनःस्थापना गरिदिएपछि प्रचण्ड–नेपाल पक्ष नयाँ सरकार गठनका लागि सक्रिय भएको छ । बुधबार मात्र प्रचण्ड-नेपाल बुढानिलकण्ठस्थित देउवा निवास पुगेर काँग्रेसलाई सहकार्यको प्रस्ताव राखेका थिए ।
प्रकाशित मितिः २०७७ फागुन १३ बिहिबार
Comments