भक्तपुर । तत्कालीन सात राजनीतिक दल र माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको आज १४ वर्ष पुगेको अवसरमा आज गिरिजाप्रसाद कोइराला प्रतिष्ठान जिल्ला समिति भक्तपुरले दीप प्रज्वलन गरेको छ । प्रतिष्ठान जिल्ला समिति भक्तपुरले आज साँझ भक्तपुरको केदारनाथको शिर डोलेश्वर मन्दिरमा दीप प्रज्वलन गरेको हो ।
दीप प्रज्वलन कार्यक्रममा प्रतिष्ठान जिल्ला समिति भक्तपुरका अध्यक्ष बिदुरमानसिंह बस्नेत, सचिवद्वय दिपक बस्नेत र सोम प्रधान, नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमिति सदस्य शशी बस्नेत, नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं २ का सदस्य अमृत बस्नेत, नेपाली कांग्रेस सुर्यबिनायक नगरपालिका वडा नं ८ का सह–सचिव विश्वराम थापा, केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका बरिष्ठ उपाध्यक्ष सुर्यबहादुर खाइटु, राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र निर्माण अभियान भक्तपुरका संयोजक मनराज बस्नेतलगायतको सहभागिता रहेको थियो ।
२०६३ मंसिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रियामा हस्ताक्षर गरेसँगै नेपालमा एक दशक लामो शसस्त्र द्वन्दको अन्त्यको घोषणा गरिएको हो ।
विस्तृत शान्ति सम्झौताको मुख्य कार्यभार संविधान सभा मार्फत नयाँ संविधान निर्माण, माओवादी लडाकुको व्यवस्थापन, संक्रमणकालीन न्याय र आर्थिक–सामाजिक रुपान्तरण थियो ।
Comments