काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र संसदीय दलका उपनेता सुवास नेम्वाङबीच अहिले छलफल भइरहेको छ ।
महासचिव विष्णु पौडेलसँगको छलफल सकिएलगत्तै प्रचण्ड र नेम्वाङबीच पार्टी कार्यालय धुम्बाराहीमा छलफल भइरहेको हो ।
यस अघि प्रचण्डले पार्टी महासचिव विष्णु पौडेल र सचिवालय सदस्य ईश्वर पोखरेललाई पार्टी मुख्यालय धुम्बाराही बोलाएर पार्टीभित्र देखिएको विवाद समाधानका लागि परामर्श गरेका थिए ।
शुक्रबार भएको परामर्शमा पार्टीभित्रका पछिल्ला विवाद र समाधानका सम्भावित उपायबारे छलफल भएको नेकपा स्रोतले बताएको छ ।
नेकपाको बुधबार बसेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्षले लगाएको अभियोग पुष्टि गर्न नसके उनले पदत्याग गर्नुपर्ने र पुष्टि गरे आफू प्रधानमन्त्री र पार्टी अध्यक्ष पदमा बस्नु उपयुक्त नभएको बताएका थिए । ओलीले प्रचण्डलाई मंसिर १३ गतेको सचिवालय बैठकमा जवाफ प्रस्तुत गर्ने बताएका छन् ।
प्रकाशित मितिः २०७७ मंसिर ०५ शुक्रबार
Comments