काठमाडौं । अनिश्चितकालका लागि स्थगित भएको भनिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक सुरु भएको छ। प्रचण्डको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो।
बैठक सुरु गर्नुअघि दाहाल ओलीलाई भेटेर फर्केका थिए। ओलीलाई भेट्न प्रचण्डसँगै वरिष्ठ नेता झलनाथ खनाल पनि दाहालसँगै गएका थिए।
प्रचण्डले ओलीसँगको सहमतिमा बैठक सुरु गरेका हुन् वा ओलीको असहमतिकैबीच बैठक अघि बढाएका हुन् भन्ने खुलिसकेको छैन ।
प्रकाशित मितिः २०७७ साउन १३ मंगलबार
Comments