काठमाडौं । नेकपा स्थायी कमिटी बैठक पार्टी भित्रको विवाद समाधान नभएपछि बुधबारसम्म स्थगित भएको छ । नेताहरुबीच सहमति प्रयासका लागि भन्दै आजका लागि तय भएको बैठक पनि बुधबारसम्म सारिएको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ट्वीट गर्दै बैठक असार २४ गते ११ बजे बस्ने जानकारी दिएका छन् । यसबीचमा नेताहरुबीच सहमतिको प्रयास जारी रहने बताइएको छ । स्थायी कमिटीका अधिकांश सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि नेकपाभित्र आन्तरिक कलह चुलिएको छ ।
प्रकाशित मितिः २०७७ असार २२ सोमबार
Comments