काठमाडौं । चीनका लागि नेपाली राजदूतमा सिफारिस महेन्द्रबहादुर पाण्डेको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन भएको छ ।
सोमबार सुनुवाई समितिको बैठकले उनको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो । गत फागुनमा सरकारले चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललाई फिर्ता बोलाएर उनको ठाउँमा नेकपा नेता महेन्द्रबहादुर पाण्डेको नाम सिफारिस गरेको थियो ।
संसदीय सुनुवाई समितिबाट नाम अनुमोदन भएपछि अब पाण्डेलाई राष्ट्रपतिले राजदूत नियुक्ति गर्ने व्यवस्था छ ।
प्रकाशित मितिः २०७६ चैत्र १० सोमबार
Comments