काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटघाट भएको छ । भेटमा देशको पछिल्लो अवस्था र कोरोनाभाइरस नियन्त्रणको तयारीलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन् ।
त्यस्तै मिर्गौला प्रत्यारोपणपछि निवासमै आराम गरिरहेका प्रधानमन्त्री ओलीले आज मध्यान्ह साढे १२ बजेदेखि करिब दुई घण्टा राष्ट्रपतिसँग देशको पछिल्लो अवस्था र सरकारले कोरोनाभाइरस रोकथामका लागि गरेको तयारी बारे छलफल गरेका थिए ।
राष्ट्रपतिलाई भेटेर निवास फर्किएका प्रधामन्त्री ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । थापाका अनुसार अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा ओलीले नियमित बैठक बोलाएका हुन् । यसअघि मिर्गौला प्रत्यारोपणका लागि अस्पतालमा भर्ना हुनुअघि १८ फागुनमा प्रधानमन्त्रीको अध्यक्षतामा बैठक बसेको थियो ।
प्रकाशित मितिः २०७६ चैत्र ०९ आइतबार
Comments