काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की नेतृ एवं संसदीय दलकी सचेतक शान्ता चौधरीले आजबाट दैनिक भेटभाट कार्यक्रम स्थगित गरेकी छन् ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण सांसद चौधरीले आजदेखि सबै भेटघाट अनिश्चितकालको लागि स्थगित गरेकी हुन् ।
उनले सबै एकजुट बनेर आफू बाँच्ने र अरुलाई पनि बचाउँने काममा लाग्नु पर्ने बताउँदै सबै मिलेको खण्डमा कोरोना भाइरसको दुखद महामारीबाट जोगिन सक्ने बताएकी छन् ।
प्रकाशित मितिः २०७६ चैत्र ०७ शुक्रबार
Comments