काठमाडौं । राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद सम्बोधन नगर्ने भएका छन् ।
राष्ट्रियसभा सदस्य उपाध्यायको चितवन क्यान्सर अस्पतालमा निधन भएको छ । क्यान्सर पीडित उपाध्यायको उपचारको क्रममा निधन भएको हो । उपाध्यायको निधन भएपछि नेपाली कांग्रेसले प्रधानमन्त्रीको संसद सम्बोधन रोक्न माग गरेको थियो ।
कांग्रेसको माग पछि प्रधानमन्त्री ओलीले संसद सम्बोधन नगर्ने भएका हुन् । प्रधानमन्त्री ओलीले सरकारको दुई वर्षे कार्यकालको प्रगती विवरण संसदलाई जानकारी गराउने कार्यक्रम तय भएको थियो ।
शुक्रबार स्थगित भएको सम्बोधन शनिबार बिहान ११ बजे हुने कार्यतालिका तय भएको छ ।
प्रकाशित मितिः २०७६ फागुन ०२ शुक्रबार
Comments