काठमाडौं । राष्ट्रियसभाका सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएको छ । सांसद उपाध्यायको क्यान्सर रोगका कारण आज बिहान निधन भएको हो ।
रुपन्देही घर भएका सांसद उपाध्याय २०७४ मा नेपाली कांग्रेसका तर्फबाट राष्ट्रिय सभामा निर्वाचित भएका थिए ।
उपाध्यायका एक श्रीमती, तीन छोरा र दुई छोरी छन् । उपाध्यायको लुम्बिनीमै अन्त्येष्टी गरिने पारिवारिक स्रोतले जनाएको छ ।
प्रकाशित मितिः २०७६ फागुन ०२ शुक्रबार
Comments