भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले प्रचन्ड अव प्रधान मन्त्री बन्ने बताएका छन् ।
ख्वप इन्जिनियरिङ कलेजको १८ औ र ख्वप कलेज अफ इन्जिनियरिङको ११ औं बर्षिक उत्सवको आयोजनमा गरिएको कार्यक्रममा बोल्दै बिजुक्छेंले वर्तमान प्रधान मन्त्री केपी शर्मा ओलीको स्वास्थ अवस्थालाई इगिंत गर्दै हरेक सरकारमा रहेका उच्च तहका ब्यक्तिहरुको स्वास्थ्यबारे भारत र अमेरिका जानकार रहेको र ओलीको स्वास्थ्य अवस्थाकै कारण भारतको डिजाइन अनुसार अव प्रचन्ड प्रधान मन्त्री बन्ने बताएका हुन् ।
प्रचन्ड र माओवादीका केही उच्च नेताहरुलाई भारतले पाँच तारे होटेलमा ८ बर्ष सम्म राखेर गास, बास र कपासको जुन ब्यवस्था गरेको थियो त्यसको ऋण तिराउन भारत लागि परेको उनले बताए ।
भारतकै डिजाइनमा नेकपामा दुइ अध्यक्ष बनाइएको र ओलीको बिग्रदो स्वास्थ्य अवस्थालाई मध्य नजर गर्दै प्रचन्डलाई प्रधान मन्त्री बनाएर कुटनीतक सम्बन्धकै अधारमा लिपुलेक, कालापानी र लिम्पियाधुरा आधा आधा गर्ने दाउमा लागेको उनको आरोप छ ।
भारतले मिचेको भुभाग लिपुलेक, कालापानी र लिम्पियाधुरा बाट भारतीय सैनिक हटाउ भन्नु पर्ने सरकारले कुटनीतिक पहलका आधारमा समस्या समाधानको उपाय खोज्नु भनेको आफ्नो भुभाग गमाउनु रहेको बिजुक्छेंले बताए ।
उनले भने, मिचिएको सिमाका बारे आफूहरुले अन्तराष्ट्रिय अदालतमा सरकारलाइ जान दिएको सुझाब नमानेको र सरकारकै यो गलत प्रबृतिका कारण नेपालले भारतले मिचेको सिमाको आधा भाग मात्र पाउन सक्ने अवस्था देखा परेको छ । उनले भने देशको सिमाका बारे सबै क्षेत्रबाट सरकारलाई दबाव दिनु पर्ने र सबै क्षेत्र सजग रहँनु पर्छ ।
ख्वप इन्जिनियरिङ कलेजको १८ औ र ख्वप कलेज अफ इन्जिनियरिङको ११ औं बर्षिक उत्सवको आयोजनको अवसरमा दुइ दिने शैक्षिक प्रर्दशनी लगाए बिभिन्न कार्यक्रमहरुको आयोजना गरिएको छ ।
प्रकाशित मितिः २०७६ मंसिर २० शुक्रबार
Comments