काठमाडौं । संयुक्त राष्ट्र संघको महासभा साइडलाइनमा नेपाल र भारतबीच द्विपक्षीय छलफल भएको छ। राष्ट्र संघको महासभामा सहभागी हुन पुगेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय समकक्षी सुस्मा स्वराजबीच महासभा साइडलाइनमा भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
भेटका क्रममा दुर्इ देशबीचको द्विपक्षीय सहयोगका विविध पक्षमा छलफल भएको बताइएको छ। यसैबीच परराष्ट्रमन्त्री ज्ञवाली महासभा साइडलाइनमा लागूऔषध समस्यासम्बन्धी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अध्यक्षतामा सम्पन्न उच्चस्तरीय बैठकमा सहभागी भएका छन्।
भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको निधनमा शोक व्यक्त गर्न नयाँदिल्ली गएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय समकक्षी सुष्मा स्वराजसँग भेटवार्ता गरेका हुन् ।
प्रकाशित मितिः २०७५ असोज ९ मंगलबार
Comments