काठमाडौं, ४ वैशाख । पार्टी एकताको तयारीमा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच निर्वाचन चिन्ह ‘सूर्य’ रहने समझदारी भएको छ । पार्टी एकता संयोजन समितिको आजको बैठकले मिल्न बाँकी विषयलाई टुङ्गो लगाउन दुई अध्यक्षलाई जिम्मेवारी दिइएकामा निर्वाचन चिह्नको विषयमा विवाद नभएको नेताहरुले जनाएका छन् ।
एमालेले सूर्य र केन्द्रले ‘सूर्यभित्र हँसिया हथौडा’ चिन्ह राख्नुपर्ने अडान राखेको कुरा बाहिर आए पनि चिन्हको विवाद हल भइसकेको एमालेका महासचिव एवं संयोजन समितिका सदस्य र्ईश्वर पोखरेलले जानकारी दिए । हाल एमालेको ‘सूर्य’ र माओवादी केन्द्रको ‘गोलाकारभित्र हँसिया हथौडा’ निर्वाचन चिन्ह छन् ।
एकतापछि चुनाव चिन्ह ‘सूर्य’ रहने समझदारी
0
Share.
Comments