काठमाडौं २८ फागुन । राष्ट्रियसभा अध्यक्षमा एमालेका उम्मेदवार गणेश तिमिल्सिना निर्विरोध निर्वाचित भएका छन् । राष्ट्रियसभा अध्यक्षमा अरु कसैले उम्मेदवारी नदिएपछि तिमिल्सिना निर्विरोध भएका हुन् । अध्यक्षमा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा निर्वाचन तोकिएको मितिमा हुनेछ । बुधबार बस्ने राष्ट्रियसभा बैठकले उनलाई निर्वाचित घोषणा गर्नेछ ।
उनको प्रस्तावकमा एमालेका खिमलाल भट्टराई र समर्थकमा माओवादीका दीनानाथ शर्मा र एमालेका सुमनराज प्याकुरेल रहेका छन् ।
तिमिल्सिना राष्ट्रिय सभा अध्यक्षमा निर्विरोध
0
Share.
Comments