काठमाडौं, २८ फागुन । राष्ट्रिय सभाको अध्यक्ष पदका लागि आज मनोनयन दर्ता हुँदैछ । बिहान १० देखि दिउँसो १ बजेसम्मको मनोनयन दर्ताका लागि समय छुट्याएको निर्वाचन आयोगले जनाएको छ ।
मनोनयन दर्ता गराएका उम्मेदवारको सूची आजै दिउँसो साढे १ बजे प्रकाशित गर्ने निर्वाचन कार्यतालिका रहेको छ ।
राष्ट्रिय सभाको निर्वाचन आगामी बुधबार दिउँसो १ बजे हुनेछ ।
राष्ट्रिय सभा अध्यक्ष पदका लागि मनोनयन आज
0
Share.
Comments