काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राज्यका संयन्त्रहरुकै कारण आफूले जनताले चाहे अनुसारको काम गर्न नसकेको गुनासो गरेका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री लामिछानेले राज्यका संयन्त्रहरु ट्रयाकभन्दा बाहिर रहेकाले समेत काम गर्न गाह्रो भैरहेको बताएका छन् ।
मन्त्री लामिछानले फरार सांसद लक्ष्मी महतो, आन्दोलनरत अधिकारीकर्मीहरु र क्रसर उद्योगको विषयमा निर्णय लिन ढिला हुनुमा समेत तीनै संयन्त्रहरुलाई दोष दिएका छन् । ती संयन्त्रहरुको सुधारको काममा केन्द्रित हुँदा प्राथमिकताका कामहरुमा ढिलाइ भएको उनको तर्क छ ।
यद्यपि, मन्त्री लामिछाने अब केहि दिनमा नै सोचे जस्तो नतिजा आउने गरि काम हुने बताएका छन् ।
‘त्यसका लागि गृह मन्त्रालयले सम्वेदनशील भएर काम गरिरहेको छ, मन्त्री लामिछानेको भनाइ छ– ‘राज्यका संयन्त्रहरुलाई हिजो चलाएजस्तो गरि चलाउन छाड्ने हो भने गृह मन्त्रालय अन्तर्गतका आधा समस्या आफैँ समाधान भएर जाने अवस्था रहेको छ ।’
मंगलबारको बैठकमा बोल्ने क्रममा मन्त्री लामिछानेले ठूला दलहरुले थिल्थिलो बनाएको राज्य संयन्त्रका कारण नै आफुले चाहे जस्तो तथा नतिजा आउने किसिमले काम गर्न समस्या भएको बताएका हुन् ।
प्रकाशित मितिः २०७९ माघ १० मंगलबार
Comments