काठमाडौँ । भरतपुर महानगरपालिकामा रेनु दाहालले पाँच हजार १३३ मत अन्तरले अग्रता लिएकी छन्।
उनले भरतपुरका १४ वटा वडा गणना गर्दा २७ हजार ४१२ मत प्राप्त गरेकी छन्। निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले २२ हजार २७९ मत प्राप्त गरेका छन्।
स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले नौ हजार ५५२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
उपप्रमुखमा गठबन्धनबाट कांग्रेसका चित्रसेन अधिकारीले राप्रपाकी हिमला गुरुङलाई १२ हजार २०० मत अन्तरले अग्रता लिएकी छन्। अधिकारीले २९ हजार ५२५ मत प्राप्त गर्दा गुरुङले १७ हजार ३२५ मत प्राप्त गरिन्।
गणना सकिएका वडामा नेपाली कांग्रेसले १, २, ४, ५, ६, ८, १० र १४, नेकपा एमालेले वडा नम्बर ३, ११ र १२, नेकपा एकीकृत समाजवादीले ७ र ९ एवं नेकपा माओवादी केन्द्रले वडा नम्बर १३ मा विजय हासिल गरेको छ।
हाल भरतपुर महानगरपालिका वडा नम्बर १५ र १६ को गणना जारी रहेको छ। भरतपुर महानगरपालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ ।
प्रकाशित मितिः २०७९ जेठ ०७ शनिबार
Comments