काठमाडौं । कांग्रेस उपसभापति विमलेन्द्र निधिले आफूले १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने कारण खुलाउँदै घोषणापत्र सार्वजनिक गरेका छन् ।
बिहिबार काठमाडौंको बानेश्वरस्थित बानेश्वर ब्याङकेटमा पत्रकार सम्मेलनमार्फत निधिले सभापति पदको उम्मेदवारीका बिभिन्न एजेण्डा र प्रतिवद्धता सहित घोषणा पत्र सार्वजनिक गरेका हुन् ।
निधिले आफ्नो घोषणा पत्रमा आगामी निर्वाचनमा कांग्रेसलाई बहुमतका साथ विजयी गराउने दाबी गरेका छन् । घोषणा पत्रमा निधिले अहिले कांग्रेसमा रुपान्तरण, पुस्ता हस्तान्तरण र पुस्तान्तरणमा सहजीकरण गर्ने नेतृत्व चाहिएको भन्दै त्यसका लागि आफू तयार रहेको जनाएको छ । काँग्रेस महाधिवेशन मंसिर २४ देखि २७ गतेसम्म काठमाडौमा हुँदैछ ।
प्रकाशित मितिः २०७८ मंसिर ०९ बिहिबार
Comments