काठमाडौं । हरेक वर्षझैँ यस वर्ष पनि सरकारले संविधान दिवसका अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याउनेहरुलाई मानपदवीसहित सम्मान गर्दैछ । सरकारले यस वर्षको संविधान दिवसको अवसरमा ९ सय ३ जनालाई मानपदवी र विभूषण प्रदान गर्न लागेको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९ सय ३ जनालाई मानपदवी, अलंकार र विभूषणबाट सम्मान गरेकी हुन् । आज राष्ट्रपति भण्डारीद्वारा प्रदान गरिने मानपदवीमध्ये सबै भन्दा ठूलो मानपदवी पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईलाई नेपालरत्न प्रदान गरिँदैछ ।
त्यसैगरी दोस्रो ठूलो मानपदवी राष्ट्र गौरव पदवी दुई जनालाई प्रदान गर्न लागिएको छ । राष्ट्र गौरव पदवी पूर्वप्रधानमन्त्री झलनाख खनाल र मन्त्रिपरिषद्का पूर्व अध्यक्ष स्व. सुवर्ण शमशेर राणालाई प्रदान गर्न लागेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
प्रकाशित मितिः २०७८ असोज ३ आइतबार
Comments