काठमाडौँ । बलिउड अभिनेता सैफ अली खान र अभिनेत्री करीना कपूर खान दोस्रोपटक आमाबाबु बन्ने संघारमा छन् ।
त्यसैले हालैमात्र आमाबाबु बनेका बलिउड अभिनेत्री अनुष्का शर्मा र उनका पति विराट कोहलीलाई उनीहरु पछ्याउने रणनीतिमा छन् ।
छोरीको जन्मपछि विराट र अनुष्काले छोरीको गोपिनयताको रक्षा गर्नका लागि ‘पापराजी’ स्वतन्त्र फोटोग्राफर लाई विशेष अनुरोध गरेका थिए । अब यो सूत्रलाई सैफ र करीना जोडीले अपनाउँदैछन् ।
विराट र अनुष्काले पापराजीका लागि सूचनामात्र नभई उपहार पनि पठाएका थिए । उनीहरुले आफ्नो साथीहरुलाई कुनै उपहार वा फूल नपठाउनसमेत उर्दी जारी गरेका थिए ।
विराट र अनुष्काको यो सूत्रलाई मनन गर्दै करीना र सैफ यही रणनीति अपनाउदैछन् ।
सैफ र करीनाले पहिलो सन्तान तैमूरलाई पापराजीबाट टाढा राख्न सकेनन् । तैमूरलाई मिडिया प्रेमी बनाउदा उनीहरुले भोगेको अनेक समस्यालाई दृष्टिगत गर्दै सैफ र करीनाले दोस्रो सन्तान जन्मनु अघि कठोर निर्णय लिएको उनीहरुका नातेदारको बुझाइ छ ।
‘बलिउड स्टारका तुलनामा विराट कोहली एक ठूला सुपरस्टार हुन् । यदि उनले पापराजीबाट आफ्नो सन्तानलाई टाढा राख्नका लागि यो ट्रेन्ड चलाएका हुन् भने बलिउडले यो शैलीलाई पछ्याउनुपर्छ’, एक फिल्मकर्मीले भनेका छन् ।
प्रकाशित मितिः २०७७ माघ ७ बुधबार
Comments