काठमाडौं । नेपाली कथानक चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा केही एक्सन र गीत समावेश गरिएको छ । कलाकारलाई बाक्लै देखाए पनि कलाकारको संवाद भने ट्रेलरमा समावेश गरिएको छैन ।
शिव श्रेष्ठको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ कोरोना कालपछि बन्द भएका सिनेमा हलमा प्रदर्शन हुने पहिलो नयाँ चलचित्र हो । चलचित्रमा शिव श्रेष्ठ, प्रियंका कार्की, वर्षा राउत, आयुष्मान देशराज जोशी, संजोग कोइराला, नरेन खड्का, कविता मानन्धर र शक्ति श्रेष्ठले शीर्ष भूमिकामा रहेर अभिनय गरेका छन् ।
दिपेश सापकोटाले निर्देशन गरेको यो चलचित्रमा दिनेश दर्शनधारी र यशोधा राईले लगानी गरेका हुन् ।
प्रकाशित मितिः २०७७ पुस २९ बुधबार
Comments