काठमाडौं । भारतीय कलाकार कपिल शर्मा दोस्रो पटक फेरि बाबु बन्दै छन् । उनले छिट्टै घरमा परिवारका नयाँ सदस्यको स्वागत गर्दैछन् भन्ने समाचार भारतीय मिडियाले गसिपका रुपमा निकै प्राथमिकता दिएर प्रकाशन गरेका छन् ।
कपिलकी श्रीमती गिन्नीको फेरि गर्भवती भएको एक भिडियोबाट खुलेको हो । इटाइम्समा छापिएको समाचारअनुसार कपिल र गिन्नीले २०२१ को जनवरीमा नयाँ सन्तानलाई स्वागत गर्दै छन् । अहिले यी दुवै जना मुम्बईमा रहेको बताइएको छ । यसअघि कपिलका एक छोरी छन् । उनी डिसेम्बरमा एक वर्ष पुग्दै छन् ।
प्रकाशित मितिः २०७७ मंसिर ०५ शुक्रबार
Comments