काठमाडौं । बलिउड सुपरस्टार शाहरुख खानले लामो समयदेखि फिल्ममा काम गरेका छैनन् । तर नोभेम्बरमा उनी पठान फिल्मको शूटिङ गर्ने भएका छन् ।
यो फिल्ममा उनको साथमा जोन अब्राहम र दीपिका पादुकोण पनि छिन् । पहिला शाहरुखको सोलो भाग शूटिङ गरिनेछ । जोन र दीपिका भने अर्को वर्षमा शूटिङ गर्नेछन् ।
वारका निर्देशक सिद्धार्थ आनन्दले यसलाई निर्देशन गर्ने भएका छन् । पठानमा पनि जबरजस्त एक्शन देखिनेछ । यो फिल्मको रिलिज डेट आउँदो वर्ष (२०२१) को तिहारमा हुनेछ ।
प्रकाशित मितिः २०७७ कार्तिक १३ बिहिबार
Comments