काठमाडौं। फिल्म ‘प्रसाद २’ मा पनि विपिन कार्की र नम्रता श्रेष्ठको जोडीको अभिनय रहने भएको छ । ‘प्रसाद’ मा रुचाइएको यो जोडीलाई निर्माण युनिटले सिक्वेल ‘प्रसाद २’ मा पनि दोहोर्याउन लागेको हो । फिल्म अभिनयका लागि बिपिन र नम्रतासँग निर्माण युनिटले सम्झौता समेत गरिसकेको छ ।
तिहारपछि छायाँकन सुरु बताइएको फिल्म सौरभ चौधरीले निर्देशन गर्न लागेका हुन् । ‘प्रसाद’ भने दिनेश राउतले निर्देशन गरेका थिए । निर्देशक चौधरीले यसअघि फिल्म ‘लभ डायरिज’ निर्देशन गरेका थिए ।
सुवास थापाको निर्माण रहने फिल्मको लेखन सुशील पौडेलले गरेका छन् । ‘प्रसाद’ सुरु हुनुभन्दा अगाडि र अन्त्य भएपछिको कथामा फिल्म निर्माण हुन लागेको हो । ‘प्रसाद’ भन्दा अझ राम्रो फिल्म बनाउने आफ्नो सोच रहेको निर्देशक चौधरीले बताए ।
प्रकाशित मितिः २०७७ असोज २९ बिहिबार
Comments