काठमाडौं । गायक राज सिग्देलको स्वर रहेको ‘सोच तिम्रो’ बोलको गीत सार्वजनिक भएको छ । पदम विश्वकर्माको शब्द रहेको गीतमा राम कार्कीले संगीत भएका छन् ।
द पिक स्टुडियोमा रेकर्ड भएको गीतको भिडियो पनि बनेको छ । जसमा दीपक आचार्य र इष्टु कार्कीको अभिनय देख्न सकिन्छ । मुना सिलवाल र प्रसन पोखरेलको समेत भिडियोमा अभिनय रहेको छ ।
सुरेश थापाले निर्देशन गरेको भिडियोमा सागर गौतमको छायाँकन र अभिनायक सेरचनको सम्पादन रहेको छ ।
प्रकाशित मितिः २०७७ असोज २९ बिहिबार
Comments