काठमाडौं । गायक कमल खत्री नयाँ गीत लिएर आएका छन् । ‘पानी पिउने बाहाना…’ शीर्षकको उक्त गीत सुमन योञ्जनले लेखेका हुन् । कमल आफैंले संगीत गरेका छन् ।
गीतमा संगीत संयोजन तथा मिक्सिङ रिकेश गुरुङले गरेका छन् । कमल खत्री तथा यूआर स्टाइल प्रोडक्सनको प्रस्तुतीमा तयार भएको गीतको म्युजिक भिडियोमा अभिनेता दीपक घिमिरे, मोडल विशाल रेग्मी, गायक कमल खत्री तथा अभिनेत्री रियाशा दाहालले अभिनय गरेका छन् ।
नितिन चन्दले निर्देशन गरेको भिडियो पनि उनी स्वयंले सम्पादन गरेका छन् ।
प्रकाशित मितिः २०७७ भदौ ३० मंगलबार
Comments