काठमाडौं । नायिका पूजा शर्मा अहिले सामाजिक संजालमा ट्रोलको शिकार बनेकी छिन । एक अन्तर्वार्तामा पूजा शर्माले नेपालमा ७२ वटा प्रदेश र १४ जिल्ला छन् भनेपछि उनको ट्रोल बन्न थालेको छ ।
प्राईम टाइम्सको एक कार्यक्रममा प्रस्तोता प्रकाश सुवेदीले लिएको अन्तर्वार्तामा पूजा शर्माले नेपालमा ७२ प्रदेश र १४ जिल्ला छ जस्तो लाग्छ भनेकी छिन् । प्रकाश सुवेदीले कति वटा प्रदेश र जिल्ला छ भनेर प्रश्न गर्दा पूजा अक्मकिदै हाँस्दै जवाफ दिएकी छिन् र आफूले गलत जवाफ दिएकी भन्ने भान पर्दा मलाई थाहा छैन समेत भनेकी छिन् । अहिले उक्त भिडियोको क्लिप सामाजिक संजाल र टिकटकमा भाइरल बनिरहेको छ ।
पूजा शर्माले उक्त अन्तर्वार्तामा नेपालको संचारमन्त्रीदेखि अर्थमन्त्रीको नाम समेत भन्न जानिनन् । नेपालको संचारमन्त्रीमा पूर्व चलचित्र विकासको अध्यक्ष निकिता पौडेल नाम समेत लिएकी छिन् । पूजा शर्माले आफुलाई राजनीति गतिविधिमा खासै चासो नभएको साथै मन्त्रीहरुले समेत चलचित्र छेत्रलाई खासै चासो नदेखाएकोले हाम्रो सम्बन्ध टाढिएको तर्क समेत दिएकी छिन् । आफूले अहिले सम्म भोट समेत नदिएको कुरा प्रष्टसंग भएकी छिन ।
यही अन्तर्वार्ताका कारण पूजा शर्मा ट्रोलको शिकार बनिरहेकी छिन | उक्त अन्तर्वार्ता केहि महिना अघि प्राइम टाइम्सबाट प्रसारण भएको थियो भने अहिले उक्त अन्तर्वार्ताको क्लिप काटेर सामाजिक संजालमा ट्रोल बनिरहेको छ ।
प्रकाशित मितिः २०७७ असार १४ आइतबार
Comments