काठमाडौँ । कोरोना भाइरसको जोखिमलाई ध्यान दिँदै सरकारले आइतवारबाट अत्यावश्यक कामबाहेकका सेवा बन्द गरिसकेको छ । सावधानी अपनाएर घरमै बस्न सरकारले आग्रह गरिरहे पनि अझै धेरैले यसलाई गम्भीरतापूर्वक लिएका छैनन् । सरकारले गरेको अपिललाई मजाकको रुपमा लिए नेपालको हालत इटालीको जस्तो हुन समय नलाग्ने अभिनेत्री नीता ढुंगानाले बताएकी छन् ।
सोमवार आफ्नो आधिकारिक फेसबुकमा लामो स्टाटस लेख्दै अभिनेत्री नीताले सरकारले गरेको अपिललाई धेरैले मजाकको रुपमा लिइरहेको र यस्तै हेलचेक्राइ गरिरहे नेपालको हालत इटालीभन्दा कम भयावह नहुने उल्लेख गरेकी छन् । उनले सम्पूर्णलाई सरकारले गरेको अपिल मानेर अत्यावश्यक कामभन्दा बाहेक अरु समयमा घरभन्दा बाहिर ननिस्कन अनुरोध गरेकी छन् ।
उनले लेखेकी छन्, ‘अहिले नेपालको अवस्था जस्तो छ, १५-२० दिन अगाडि इटालीको अवस्था पनि त्यस्तै थियो । सरकारले हरेक ठाउँमा बन्दी गरेको थियो, मानिसलाई काम नपरी बाहिर ननिस्कन, सावुन पानीले हात धुन, मास्क लगाउन, भेला नहुन र घरभित्रै बस्न भनेको थियो । तर, कसैले सरकारको आग्रह टेरेनन् । अहिले इटालीको अवस्था कस्तो छ सबैको अगाडि छर्लङ्ग छ ।’
उनले अगाडि लेखेकी छन्, ‘नेपाल सानो देश, त्यसमाथि हामीसँग कुनै प्रविधि छैन । त्यसैले हामी र हाम्रो देश सखाप हुन कत्ति पनि समय लाग्दैन । अहिले हाम्रो सरकारले पनि हामीलाई धेरै सुझावहरु दिइराखेको छ, तर हामीले त्यसलाई मजाकमा लिइरहेका छौं । यस्तै गर्यौं भने हाम्रो हालत पनि इटालीको जस्तो नहोला भन्न सकिँदैन । त्यसैले हामी पनि अहिल्यैबाट सचेत बनौं ।’
अहिले नेपालको अवस्था जस्तो छ, १५-२० दिन अगाडि इटालिको अवस्था पनि त्यस्तै थियो! सरकारले हरेक ठाउमा बन्दी गरेको थियो, मानिसलाइ काम नपरी बाहिर ननिस्कन भनेको थियो, साबुनपानीले हात धुन मास्क लगाउन भनेको थियो, भेला नहुन भनेको थियो, घर भित्रै बस्न भनेको थियो! तर अहिले हामिले कोरोना भाइरसलाइ जस्तो सामान्य सोचेका छौँ, उनिहरुले पनि त्यस्तै सामान्य सोचेर सरकारलाइ टेरेनन, बहिर निस्कन र हिंड्न छोडेनन, रेस्टुरेन्ट जान भेला हुन गोष्ठी गर्न छोडेनन। अब अहिले हेर्नुस् इटालिको हालत कस्तो छ, हरे…
अभिनेत्री नीता ढुंगानाले जथाभावी रुपमा घरभन्दा बाहिर ननिस्कन, पटक-पटक सावुन पानीले हात धुन आग्रह गर्दै ‘भिटामिन सी’ युक्त खनेकुराहरु खान पनि सुझाएकी छन् । टमाटर, खुर्सानी, सिम्ला, कागती, सुन्तला, काउली, ब्रोकाउली आदीको सेवन गर्न सल्लाह दिँदै उनले घरमै बसेर प्रकोपलाई निम्तन नदिन अनुरोध गरेकी छन् । अहिले उनी कोरोनाको त्रासले घरमै सीमित छिन् ।
प्रकाशित मितिः २०७६ चैत्र १० सोमबार
Comments