काठमाडौं । सत्यराज आचार्यको नयाँ गीत सार्वजनिक भएको छ । भ्यालेन्टाइन डेको अवसर पारेर आज सार्वजनिक गरिएको ‘सारा फूल…’ बोलको गीतमा सत्यराजको स्वर छ । डा. प्रदीप कुमार मैनालीको शब्द रचना रहेको गीतमा संगीत किरण श्रेष्ठले भरेका छन् ।
गीतको म्युजिक भिडियोमा लक्ष्मी बर्देवा र पदम लोहोर फिचर्ड छन् । बुद्ध थापाले खिचेको भिडियो सम्पादन विक्रम धमलाले गरेका छन् भने निर्देशन लक्ष्मी बर्देवा र जीवन भट्टराईले गरेका छन् ।
प्रकाशित मितिः २०७६ फागुन ०२ शुक्रबार
Comments