काठमाडौं । गायक निशान भट्टराईको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । सोमबार राति भएको दुर्घटनामा गायक भट्टराईको मृत्यु भएको हो ।
दरबारमार्गस्थित एक रेस्टुरेन्टमा आफ्नो नियमित प्रस्तुती सकेर घर फर्कने क्रममा उनी दुर्घटनामा परेका थिए । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई राष्ट्रिय ट्रमा सेन्टर लगिएको थियो ।
कोटेश्वरतर्फ जाँदै गर्दा तिनकुनेमा विजुलीको पोलमा भट्टराई सवार कार ठोक्किएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका उनलाई उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टर लगिएको थियो । तर अस्पतालमा उपचारका क्रममा उनको निधन भएको एसपी जीवन कुमार श्रेष्ठले जानकारी दिए ।दुर्घटनाको कारण खुलेको छैन ।
प्रकाशित मितिः२०७६ पौष २९ मंगलबार
Comments