काठमाडौं। दक्षिण कोरियाका चर्चित कलाकार चा इन-हा सोलस्थित आफ्नै घरमा मृत फेला परेका छन्।
सत्ताइस वर्षीय कलाकार चाको प्रतिनिधित्व गर्ने संस्थाले एउटा विज्ञप्तिमा आफू उनको मृत्युबाट शोकाकुल भएको उल्लेख गर्दै उनको मृत्युको कारणबारे कुनै अनुमान नगर्न आग्रह गरेको छ।
उनले भर्खरै टेलिभिजन शृङ्खला ‘लभ विथ फ्लज’मा अभिनय गर्न थालेका थिए।
दुई महिनाको अवधिमा मृत्यु हुने उनी तेस्रा दक्षिण कोरियाली कलाकार हुन्।
मनोरञ्जनको क्षेत्रमा काम गर्ने फ्यान्टिएगो नामक एजेन्सीले स्थापना गरेको ‘सर्प्राइज यू’ अभिनय समूहका सदस्य थिए।
सन् २०१७ मा सार्वजनिक भएको ‘यू, डीप इन्साइड अफ मी’ उनको पहिलो नामक चलचित्र हो।
फ्यान्टिएगोले चाको मृत्युलाई “अविश्वसनीय” भन्दै परिवारलाई शान्तिपूर्वक उनको बिदाइ गर्न दिन कुनै हल्ला नफैलाउन तथा अनुमान गरिएका विवरण प्रकाशित नगर्न आग्रह गरेको छ।
“उनको परिवारको इच्छानुसार अन्तिम संस्कार निजी रूपमा गरिनेछ,” उसले भनेको छ।
प्रकाशित मितिः२०७६ मंसिर १८ बुधबार
Comments