काठमाडौं । मुम्बईमा बुधबार आइफा अवार्डको कार्यक्रम भयो । जहाँ बलिउडका चर्चित कलाकारहरु सहभागी भए । कलाकारहरुले आफ्नो कलाकारिता पनि प्रदर्शन गरे ।
अवार्ड समारोहमा सलमान खानले पनि आफ्नो प्रस्तुती दिए । तर सलमानको इन्ट्री एक्लै भएन । उनको साथमा एक सुन्दर यवती पनि देखिइन् । ती युवती हुन् एक्टर महेश मान्जरेकरकी छोरी सई मान्जरेकर ।
सलमान खानको साथ मिलेपछि सईको पनि अवार्ड नाइटमा चर्चा भयो । सलमान खानले दबंग ३ मा महेश मान्जरेकरकी छोरी सईलाई लन्च गर्ने तयारी गरेका छन् । मिडिया रिपोर्टका अनुसार सई यो फिल्ममा सेकेड लिड एक्ट्रेस हुनेछिन् । एजेन्सी
प्रकाशित मितिः २०७६ असोज २ बिहिबार
Comments