काठमाडौँ । माया एउटा संग बिहे एउटा संग, तिमी कस्को हुने होला म नि कस्को हुने होला, झिमझिम सानु लगायतका थुप्रै सदावहार गीत दिएर दर्शक श्रोताको मन जितेका दिवान किनारले फेरि चर्चित ‘एउटा गीत’ सार्वजनिक गरेका छन् ।
उनको संगीत र एरेन्ज अनि आर के रम्तेलको शब्दमा प्रमोद खरेलको आवाजसँगै एउटा अत्यन्तै मार्मिक गीत सार्वजनिक भएको छ ।
गोपाल साउदले निर्देशन गरेको भिडियो पिएस बिडारीले छायाँकन गरेका हुन् भने सम्पादन गोबिन्द लाहोरियाले गरेका हुन् ।
भिडियोमा गोपाल साउद, निरु कौर, रोहित शर्मा र नेहा खुरानालाइ फिचर्ड गरिएको छ ।
संगीतकार दिवान किनारको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको उक्त गीतको भिडियोमा भारतको विभिन्न ठाउँहरूको लोकेशनलाई सुन्दर ढंगले चित्रण गरिएको छ ।
प्रकाशित मितिः २०७६ असार १० मंगलबार
Comments