काठमाडौं ३० असार । अनिल अम्बानीको अगुवाई रहेको रिलायन्स इन्टरटेनमेन्ट र फ्राइडे फिल्म्सवर्क्सको कम्पनी प्लान सी स्टूडियोजले फिल्म ‘चाणक्य’ का लागि अभिनेता अजय देवगनलाई अनुवन्धित गरेको छ ।
नीरज पाण्डेले यसको निर्देशन गर्दैछन् । यसअघि उनले महेन्द्र सिंह धोनीको बायोपिक फिल्म ‘एमएस धोनी’ निर्देशन गरेका थिए । राजनीतिक रणनीतिकार तथा अर्थशास्त्री चाणक्यको जीवन र शिक्षामा फिल्म आधारित हुनेछ ।
निर्देशक पाण्डेसँग पहिलो पटक काम गर्न उत्साहित देखिएका अजयले भने, ‘म वास्तवमै चाणक्यको भूमिका निर्वाहा गर्र्नका लागि उत्साहित छु । मैले नीरज पाण्डेको कामलाई निकै नजिकबाट देखेको छु र म जान्दछु कि उनले कहानीलाई इमान्दारपूर्वक देखाउन चुक्ने छैनन् ।’
अजय अभिनीत पछिल्लो रिलिज फिल्म ‘रेड’ हो । यो फिल्मले बक्सअफिसमा राम्रो कलेक्सन गरेको थियो । उनी अलग(अलग भूमिकालाई पर्दामा हुँबहु निभाउन माहिर मानिन्छन् । यस्तैमा अब चाणक्यको भूमिकामा देख्न निकै रोमाञ्चक हुनेछ । एजेन्सी
Comments