काठमाडौँ, २० फागुन । मानव बेचबिखनमा मुद्दा चलिरहेका द्वन्द्व निर्देशक राजेन्द्र खड्गी पूर्पक्षका लागि जेल चलान भएका छन् ।जिल्ला अदालत काठमाडौंका न्यायाधीश टेकनारायण पौडेलको इजलासले शुक्रबार खड्गीलाई पूर्पक्षका लागि जेल चलान गर्न आदेश दिएका थियो । उनलाई सुन्धारा केन्द्रीय कारागरमा राखिएको छ ।
खड्गीसँगै कोरिया गएका श्रीप्रसाद राना, निमा शेर्पा, कालु लामालगाएतका ११ जना नेपाल नफर्किएपछि नेपालस्थित कोरियन दूतावासले प्रहरीमा उजुरी गरेको थियो । कराते (योयामा) गुरूको डकुमेन्ट्री बनाउने भन्दै कोरिया गएका ११ नेपाली उतै लुकेपछि कोरियन दूतावासको उजुरीमा खड्गीलाई प्रहरी पक्राउ गरेको थियो ।
Comments