एजेन्सी । फोब्र्स म्यागजिनले विश्वका सबैभन्दा धनी १० अभिनेताको सूची सार्वजनिक गरेको छ । उनीह?को कुल सम्पत्तिको मूल्यसमेत खुलाइएको छ ।
विश्वका १० धनी अभिनेतामा दुईजना बलिउडका पनि परेका छन् । अभिनेता अमिताभ बच्चन र शाह?ख खान फोब्र्सले सार्वजनिक गरेको यो सूचीमा परेका हुन् ।
१. मर्व ग्रिफिन
फोब्र्स म्यागजिनले सार्वजनिक गरेको विश्वका सबैभन्दा धनी अभिनेताहरुमा मर्व ग्रिफिन रहेका छन् । सन् १९२५ मा जन्मेका मर्व ग्रिफिनको १० वर्ष अघि निधन भइसकेको छ । अहिलेसम्म पनि उनको जति सम्पत्ति कुनै अभिनेताले कमाउन सकेका छैनन् । उनको सम्पत्ति एक अर्ब डलर अर्थात् १ खर्ब रुपैयाँ छ ।
२. जेरी सिनफेल्ड
फोब्र्स म्यागजिनले सार्वजनिक गरेको विश्वका सबैभन्दा धनी अभिनेताहरुमा दोस्रो नम्बरमा जेरी सिनफेल्ड रहेका छन् । उनी अमेरिकाका चर्चित कमेडियन तथा अभिनेता हुन् । उनी रात्रीकालीन टिभी शो को लागि पनि उत्तिकै प्रसिद्ध छन् । उनको कुल सम्पत्ति ८२० मिलियन डलर अर्थात् ८३ अर्ब रुपैयाँ छ ।
३. शाहरुख खान
फोब्र्स म्यागजिनले सार्वजनिक गरेको विश्वका सबैभन्दा धनी अभिनेताहरुमा तेस्रो नम्बरमा बलिउडका अभिनेता शाहरुख खान रहेका छन् । उनले थुप्रै चर्चित फिल्म दिएका छन् । उनी अभिनेता मात्र नभएर निर्माता, कार्यक्रम प्रस्तोता पनि हुन् । उनको कुल सम्पत्ति ६०० मिलियन डलर अर्थात् ६१ अर्ब रुपैयाँभन्दा बढी छ ।
४. अमिताभ बच्चन
फोब्र्स म्यागजिनले सार्वजनिक गरेको विश्वका सबैभन्दा धनी अभिनेताहरुमा चौथो नम्बरमा बलिउड अभिनेता अमिताभ बच्चन रहेका छन् । उनी प्लेब्याक सिंगर र कार्यक्रम प्रस्तोता पनि हुन् । शताब्दीकै चर्चित अभिनेताको रुपमा प्रसिद्धि कमाएका उनको कुल सम्पत्ति ५०० मिलियन डलर अर्थात् ५१ अर्ब रुपैयाँ छ ।
५. टम क्रुज
फोब्र्स म्यागजिनले सार्वजनिक गरेको विश्वका सबैभन्दा धनी अभिनेताहरुमा पाँचौं नम्बरमा टम क्रुज रहेका छन् । उनले हलिउडको एक्शन स्टारको रुपमा निकै नै प्रसिद्धी कमाएका छन् । उनले रेन म्यान र मिशन इम्पोशिवल जस्ता फिल्महरुबाट व्यावसायिक सफलता पनि हात पारेका हुन् । उनको कुल सम्पत्ति ४८० मिलियन डलर अर्थात् झण्डै ४९ अर्ब रुपैयाँ छ ।
६. मेल गिब्सन
फोब्र्स म्यागजिनले सार्वजनिक गरेको विश्वका सबैभन्दा धनी अभिनेताहरुमा छैठौं नम्बरमा मेल गिब्सन रहेका छन् । उनले आफुलाई विश्वका दर्शकहरुको माझमा एक्सन हिरोको रुपमा चर्चित बनाएका छन् । उनी कुल सम्पत्ति ४२५ मिलियन डलर अर्थात् झण्डै साढे ४३ अर्ब रुपैयाँ छ ।
७.जोनी डेप
फोब्र्स म्यागजिनले सार्वजनिक गरेको विश्वका सबैभन्दा धनी अभिनेताहरुमा सातौं नम्बरमा जोनी डेप रहेका छन् । डेप पाईरेट्स अफ द क्यारावियन को श्रृंखलामा कप्तान ज्याक स्पेरोको भूमिकाबाट चर्चित भएका एक अमेरिकी अभिनेता हुन् । उनको कुल सम्पत्ति ४२० मिलियन डलर अर्थात् ४३ अर्ब रुपैयाँ सम्पत्ति छ ।
८.टाइलर पेरी
फोब्र्स म्यागजिनले सार्वजनिक गरेको विश्वका सबैभन्दा धनी अभिनेताहरुमा आठौं नम्बरमा टाइलर पेरी रहेका छन् । १९६९ मा जन्मेका अमेरिकी अभिनेता पेरी २०११ मा १३० मिलियन डलर सहित सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेतामा परेका थिए । हाल उनको कुल सम्पत्ति ४२ अर्ब रुपैयाँभन्दा बढी छ ।
९.सिल्वेस्टर स्टेलान
फोब्र्स म्यागजिनले सार्वजनिक गरेको विश्वका सबैभन्दा धनी अभिनेताहरुमा नवौं नम्बरमा सिल्वेस्टर स्टेलान रहेका छन् । हलिउड फिल्ममा रक्की र रेक्बोको भूमिकाबाट चर्चामा आएका उनको कूल सम्पत्ति ४ सय ५ मिलियन डलर अर्थात् ४१ अर्ब रुपैयाँ छ ।
१०.बिल कस्बी
फोब्र्स म्यागजिनले सार्वजनिक गरेको विश्वका सबैभन्दा धनी अभिनेताहरुमा दशौं नम्बरमा बिल कस्बी रहेका छन् । उनी अमेरिकन स्ट्याण्ड–अप कमेडियन, अभिनेता, लेखक र गायक हुन् । उनी आफ्नो टिभी सो स्पाइ, द कस्बो सो, आई स्पाइ रिर्टन, द मेटोर म्यान र फिल्महरुका कारण विश्वका दर्शकमाझ चिनिएका छन् । उनको कुल सम्पत्ति करिब ४ सय मिलियन डलर अर्थात ४० अर्ब रुपैयाँ छ ।
Comments