काठमाडौं । दक्षिण भारतीय फिल्मका सुपरस्टार अल्लु अर्जुनको नयाँ फिल्म पुष्पा : द राइज हिट भएपछि उनले पारिश्रमिक बढाएका छन् ।
सुकुमारले निर्देशन गरेको फिल्म भारतभरि हिट भएपछि अल्लुका प्रशंसकहरू बढेका छन् । शुरूमा ओटीटीमा रिलीज गरिएको फिल्म सिनेमाहलमा पनि मारामार चलिरहेको छ ।
त्यसपछि अल्लु र अभिनेत्री रश्मिका मन्दानाले आफ्नो पारिश्रमिक बढाएका हुन् ।
अल्लुले आगामी फिल्मका लागि १०० करोड भारु मागेको बताइएको छ । निर्मातालाई यति पैसा तिर्न कुनै तनाव छैन किनकि अल्लुको फिल्म सुपरहिट हुने ग्यारेन्टी छ ।
त्यस्तै रश्मिकाले पुष्पाको सिक्वेलका लागि ३ करोड भारु मागेकी छन् । यसअघि उनी एउटा फिल्मको १ करोड लिने गर्थिन् ।
पुष्पाका लागि ३२ करोड भारु लिएका अल्लुले सेकेन्ड पार्टका लागि त्यसमा दुई करोड थप्न भनेका छन् । तर इड्ली नामक निर्देशकको अर्को फिल्मका लागि भने उनले १०० करोड भारु मागेका हुन् । एजेन्सी
प्रकाशित मितिः २०७८ माघ १० सोमबार
Comments