काठमाडौं । अभिनेता आर्यन सिग्देल अभिनित हिन्दी गीत ‘मेरे इश दिल पे’ गीतको भिडियो सार्वजनिक भएको छ ।
केशब भावुक र भारतीय गायिका तथा कलाकार रिशिता रोयको आवाज रहेको छ भने गायिका स्वयमले आर्यन सिग्देलसँग स्कृन सेयर गरेकी छिन् ।
सशान कंडेलको निर्देशनमा तयार भएको भिडियोले रिलिजसँगै सकारात्मक प्रतिक्रिया पाइरहेको छ । भारतिय केटी र आवारा नेपाली केटाको लभस्टोरीमा तयार पारिएको भिडियो एक्दमै उत्कृष्ट बनेको छ ।
गीतकार सुधा मरहठाको शब्द तथा महेश ज्ञवालीको संगीतमा तयार भएको यो गीतमा बिकाश दाहालको सम्पादन तथा बुद्ध थापाको छायांकन रहेको छ । देव केसी ,मोहितोश रोय, अमन लोप्चनको पनि गेस्ट रोल रहेको भिडियोलाई टंक बुढाथोकी अफिसियल च्यानलबाट रिलिज गरिएको छ ।
प्रकाशित मितिः २०७८ असोज २६ मंगलबार
Comments